१९ जना समलिङ्गीमा एचआइभी पोजेटिभ, संक्रमितसम्म पुग्नेको पैताला खुर्कने हर्कत

१९ जना समलिङ्गीमा एचआइभी पोजेटिभ, संक्रमितसम्म पुग्नेको पैताला खुर्कने हर्कत

  • सोमबार, चैत्र ५ २०६९

पहिचान/काठमाडौ, चैत ५ -मानव जीवनमा हरेक विषय महत्वपूर्ण हुन्छ । जीवनमा धन, सम्पत्ती आराम धेरैले रोज्ने मध्येमा एक पर्छ जुन उनीहरुका लागि महत्वपूर्ण भइदिने गरेको छ । आफ्नो जीवनलाई सबैभन्दा राम्रो बनाउन अनेक उपाय अपनाउदै जादाँ कुलतमा परेको पत्तो पाउदैन र पनि ऊ आफूलाई आफ्नो जीवनको एउटा महत्वपूर्ण तर अरुका लागि शिक्षा दिन सक्छ भने उसको महनता यो भन्दा केह ी गर्न नसक्नेले खोज्नु भनेको दानवता मात्रै हुन सक्ला ।
भनिन्छ औलो दिदाँ ढुढुल्को निल्ने । प्राय हाम्रो समाजमा यस्तै व्यक्तीको बर्चस्व बढिरहेको छ । आफू र आफ्नो बाहेक अरु नसोच्ने व्यक्ती आफूलाई मानवताको दर्जामा राखेर आफ्नो बाहेक अरुको हित चिताउदैन भने त्यो मानव हो भनेर जसले भन्छ त्यो अर्को महादानव हुन सक्छ । यस्तै तपाई हाम्रा अड्कल बाजी कसैका लागि जीवनमा वास्तविकता भएर आइदिदाँ रहेछन् । समाजले मानवको पहिचान दिन समेत नसकेको, काम गर्न पाउनु पर्छ भन्दा जागिर पो खोजेका रहेछन् पैसा त रहेछ नि भन्ने र आफ्ना र आफ्ना भन्नेहरुका लागि कसैलाई दाउमा राख्नेहरुले मानवमा हुने तर वाजा बजाएर नआउने संक्रमण भएको थाहा कहिले पाउने हुन् ? यसको उत्तर खोज्न तपाई धेरै टाढा गइरहनु पर्दैन ।
हो मानव जीवनमा विश्वासनै सबैभन्दा ठुलो सम्पत्ती हो । विश्वासघात सबै भन्दा गरीव हुनु हो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमले सार्वजनिक गरेको तथ्याङक होस या नेपालको राष्ट्रिय योजना आयोगले अनुमान गरेको आकडा नै किन नहोस । नेपाल गरिव देश मध्येकै सूचिमा पर्दछ र या बस्ने धेरै नेपाली गरीवीको रेखामुनीनै रहेको देखाउँछ । तथ्याङकले गरीव धेरै देखाएपनि हामी आफूलाई धनी मान्दछौ । किनकी हाम्रो स्वाभिमान कसैले खोसेर लैजान सक्दैन । हाम्रो राष्ट्रियतामा कसैले कैची चलाउँदैन र एकलाई पर्दा अर्को नेपालीले सहयोग गर्छ । यही विश्वासमा अडिएको मानव जीवनमा उपचार गरेर निको नहुने संक्रमण सल्केपछि संक्रमणलाई मत्थर पार्न औषधी आवश्यक पर्दो रहेछ ।
विडम्वना यो औषधी दिने र दिएको औषधी संक्रमितसम्म पुर्याउनेको पाइला मेटाउने प्रयास केही समयदेखि हुँदै आएको सबैलाई अवगत हुँदै गएको छ । उपचार नहुने तर औषधी सेवन गरे आयू लम्व्याउन सकिने औषधी खाइरहनु पर्ने एचआइभी संक्रमितको संख्या देशमा बढ्दै गएको छ । आफूलाई संक्रमित भन्न नरुचाउनेको संख्या कति छ ? यो खोजीकै क्रममा छ । तर खुलेर भन्न चाहनेको संख्या पनि पछिल्लो समय बढिरहेको छ । पुरुष भएर पुरुषसँगै र महिला महिला भएर महिलासँगै यौन सम्पर्क गर्नेहरुमा एचआइभी संक्रमण देखिनुलाई हामी प्राकृतिक भन्छौ या अप्राकृतिक ? यो प्रश्नको उत्तर खोज्ने विपरित लिङ्गप्रति आकर्षित हुनेहरुले गरिरहन्छन् ।
यस्ता व्यक्ती जो पुरुष भएर पुरुषसँगै र महिला भएर महिलासँगै यौन सन्तुष्टी लिन्छन त्यस्ता व्यक्तीलाई समलिङ्गी भनिन्छ । पुरुष गे र महिला लेस्वियन समलिङ्गीनै हुन् । ठाउँ अनुसार फरक पहिचान पाएका समलिङ्गी तेश्रोलिङ्गीलाई विभिन्न संघ संस्थाले जीवन निर्वाहका लागि आर्थिक सहयोग सम्म उपलव्ध गराइरहेका छन् । आर्थिक सहयोग उपलव्ध गराउँदै आएको नील हिरा समाज अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंको कोपभाजनमा परेको छ ।
कोपभाजनमा रहेको संसथालाई जीवन्तता दिन लाग्ने धेरै भएपनि शक्ती, भक्ती देखाउनेका कारण यसकोे आयू कति लामो हुन सक्छ अहिलेनै भन्न सकिने स्थिति देखिदैन । संस्थाको जीवन्ततासँगै रहेको मानवताको विषयमा वोलिदिने र लेखिदिनेले पैसासँग तुलना गरिरहेकाले होला नवलपरासीमा एचआइभी पोजेटिभ भेटिएका १९ जना समलिङ्गीको जीवन निर्वाहमा चुनौती आइपरेको छ ।
समलिङ्गी यौन सम्बन्ध राख्ने मध्ये नवलपरासी जिल्लाका १९ जनामा एचआईभी देखिएको छ । पुरुष यौनकर्मी, पुरुष पुरुषवीच यौन कार्य गर्ने र तेश्रो लिङ्गींहरुको स्वास्थ्य परिक्षण गराउदा १९ जना समलिङ्गीमा एचआईभी पोजेटिभ देखिएको हो । जिल्लाका विभिन्न कलष्टरमा तेश्रो लिङ्गीको पहिचान गर्ने, स्वास्थ्य परिक्षण गर्ने र एचआईभी लगायत अन्य यौनरोग देखा परेमा उनीहरुको जीवन स्वस्थ बनाउन समलिङ्गी तेश्रोलिङ्गीको मातृ संस्था नील हिरा समाजले सहयोग गदै आएको छ । समाजको कार्यालयमै उपचार गर्ने र माग भएमा शिविर समेत सञ्चालन गर्दै आएको समाजका जिल्ला कार्यक्रम संयोजक सुदिप थापाले जानकारी दिनुभयो । अहिले पनि समाजमा अपहेलित भईन्छ भनेर धेरै समलिङ्गी खुल्न नसकेको र जसले गर्दा उनीहरु सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित हुन परेको थापाले नवलपरासीका पत्रकार विद्राही गिरीसँगको कुराकानीमा बताउनु भएको छ ।
समलिङ्गीहरुलाई नै लक्षित गरि समाजले कार्यालयमै हटलाईन सेवा, ल्याब सेवा, परामर्श सेवा, अल्ट्रासाउण्ड जस्ता सेवा प्रदान गर्नुको साथै एचआईभी संक्रमितलाई नियमित स्वास्थ्य परिक्षण, भिटिपी सेवा दिदै आएको संयोजक थापाले बताउनु भयो । सन् २००९ देखी यस्ता सेवा दिदै आएकोमा सन् २०१३ को फरवरीसम्ममा ३ हजार ६ सय ९० जना समलिङ्गीलाई विभिन्न सेवा प्रदान गरिएको थापाले पत्रकार गिरीसँगको कुराकानीमा बताउनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.