एसियामा पहिलो पटक राष्ट्रसंघीय क्षेत्रिय सम्मेलन काठमाडौंमा हुने

एसियामा पहिलो पटक राष्ट्रसंघीय क्षेत्रिय सम्मेलन काठमाडौंमा हुने

  • बुधबार, चैत्र ७ २०६९

पहिचान/काठमाडौं, चैत ७- यति वेला समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्य पीडामा जीवन निर्वाह गर्न बाध्य छन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले आफूहरुको मातृ संस्था नील हिरा समाजको नविकरण नगर्दा आफूहरु पीडै पीडामा जीवन निर्वाह गर्न बाध्य भएको समलिङ्गी तेश्रोलिङ्गीहरुले बताएका छन् ।

संस्था नविकरणका लागि सम्पूर्ण प्रक्रिया पूरा गर्दा पनि प्रशासनले पूर्वाग्रह राखेर अल्पसंख्यक समूदायको बाच्न पाउने अधिकार माथि कुण्ठित गरेको छ समलिङ्गी तेश्रोलिङ्गी समूदायका सदस्य भन्छन् ः घर, परिवार र समाजबाट एक्लो पारेका हामीलाई राज्यले जिउँदै मार्न शुरु गरेको छ । समलिङ्गी तेश्रोलिङ्गीको यो पीडा राष्ट्रिय संचार माध्यमहरुमा आइरहेका छन् । तर पनि नियमनकारी निकायले संचारमाध्यममा आएका विषयमा कुनै चासो नदिएको उनीहरुको भनाई छ । यो विषयमा अन्तराष्ट्रिय समूदायले पनि चासो लिएर नेपाल सरकारलाई सत्य तथ्य तत्काल सार्वजनिक गर्न माग गरेको छ । अन्तराष्ट्रिय समूदायका पछिल्लो विज्ञप्ती यस्तो छ ।

GJN Letter of Support for BDS
त्यसो त अल आउट डट कमले अनलाईन हस्ताक्षर अभियाननै शुरु गरेको छ । उसले नील हिरा समाजको नविकरण रोक्नु जायज हो होइन भनेर मत संकलन गरिरहेको छ । सबैबाट हेलामा परेका समूदायका सदस्यलाई यतिवेला सहयोगको खाचो छ । सहयोग एक व्यक्ती र समूहले मात्रै होइन सबै पक्षबाट सहयोग भएमा उनीहरुले जीवन निर्वाहका लागि भोग्दै आएको पीडा कम हुन्थ्यो कि ?
हुन त यो पीडा एसियामै पहिलो पटक नेपालमा हुन गइरहेको पहिलो मानवअधिकार, यौनिक अभिमुखिकरण र लैङ्गिक पहिचान विषयक राष्ट्रसंघीय क्षेत्रिय सम्मेलनमा व्यक्त हुने निश्चित जस्तै छ । चैत ९ गते शुक्रवारदेखि काठमाण्डुमा शुरु हुने सम्मेलनमा यो विषयबारे कुरा उठ्ने बुझिएको छ । यसले राष्ट्रले मानव मानवबीच गर्ने विभेद छर्लङ हुने र मानवअधिकारको रटान लगाउनेहरुलाई विभेदको यो पराकाष्ठा सुनिरहन असह्य हुने विश्लेषकहरुको ठम्माई रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.