ठगी आरोपमा दीपक मनाङे पक्राउ

ठगी आरोपमा दीपक मनाङे पक्राउ

  • मंगलबार, चैत्र २७ २०६९

पहिचान/ काठमाडौं, चैत्र २७ – ठगी गरेको अभियोगमा काठमाडौंको ठमेलबाट डन दीपक मनाङे पक्राउ परेका छन् । जगन्नाथ खनालको उजुरीका आधारमा मनाङे २० लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका उपत्यका प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए ।

मनाङेलाई ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान भइरहेको सिंहले जानकारी दिए । प्रहरीको डेकर्ड अनुसार मनाङे ठमेल क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न छन् ।

आपराधिक गतिविधिबाट अकुत सम्पत्ति कमाएको अभियोगमा सम्पत्ति शुद्धिकरणले पनि कारबाहीको तयारी गरिरहेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले झण्डै १० करोड भन्दा बढी सम्पत्तिको श्रोत नखुलेको प्रतिवेदन सम्पत्ति शुद्धिकरण विभागमा बुझाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.