बोक्सी आरोपमा यातना दिने पाँच जना पक्राउ

बोक्सी आरोपमा यातना दिने पाँच जना पक्राउ

  • मंगलबार, चैत्र २७ २०६९

पहिचान/ नुवाकोट, चैत्र २७ – बोक्सीको आरोपमा महिलालाई यातना दिने नुवाकोट लच्याङ गाविसका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लच्याङका सुकलाल तामाङसहित पाँच जनाले सोही गाउँकी सानुकान्छी तामाङलाई आफ्नै घरमा बाँधेर बोक्सीको आरोपमा कुटपिट गरेका थिए ।

प्रहरीले सुकुलाल सहित आइतमान तामाङ, सुर्यबहादुर तामाङ विष्णुराज तामाङ र मिलन तामाङलाई पक्राउ गरेको र महिलालाई उपचारको लागि जिल्ला अस्पताल त्रिशूली पठाएको नुवाकोटका प्रहरी नायव निरीक्षक लक्ष्मण गौतमले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.