अध्यागमन अधिकृत सहित ४ जना विरुद्ध मुद्दा दायर

अध्यागमन अधिकृत सहित ४ जना विरुद्ध मुद्दा दायर

  • मंगलबार, चैत्र २७ २०६९

पहिचान/ काठमाडौं, चैत २७  – वैदेशिक रोजगारबाट फर्किएकी युवतिलाई लुटपाटपछि बलात्कार गरेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत रामप्रसाद कोइरालाc४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले अध्यागमन विभागका तत्कालीन महानिर्देशक सुरेश अधिकारी र निर्देशक लेखनाथ पोखरेललाई विभागीय कारवाही गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

शाखा अधिकृत टीकाराम पोखरेल, नासु सोमनाथ खनाल र अध्यागमन विभागको सुरक्षा पोष्टका प्रहरी जवान पर्शुराम बस्नेत विरुद्ध मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए । सोमनाथ खनाल र बस्नेत थुनामा छन् भने पोखरेल फरार छन् ।

आयोगले पीडित महिलासँगबाट कर्मचारीले लिएको २ लाख २५ हजार ४ सय ६५ रुपैयाँ असुल उपर गराउन र भ्रष्टाचार निवारण ऐन अन्तर्गत चारै जनालाइ कारवाही गर्न माग गरेको छ ।

अर्कैको राहदानी बोकेर फर्केकी युवतीसँग कर्मचारी र प्रहरीले घुस लिएर छोडेपछि प्रहरी जवान पर्शुराम बस्नेतले होटलमा लगेर बलात्कार गरेको युवतीको आरोप छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.