हिन्दुराष्ट्र घोषणा गर्न काँग्रेसमा हस्ताक्षर अभियान

हिन्दुराष्ट्र घोषणा गर्न काँग्रेसमा हस्ताक्षर अभियान

  • बुधबार, चैत्र २८ २०६९

पहिचान/ काठमाडौं, चैत २८ – नेपाली काँग्रेसको महासमिति सदस्यहरुले उपसभापति रामचन्द्र पौडेलको राजनैतिक प्रस्ताव पुनर्लेखन गर्न माग गरेका छन् । प्रत्येक अञ्चलबाट १४ जना प्रतिनिधिले समुहगत छलफलपछि धारणा राख्ने क्रममा राजनैतिक प्रस्ताव अस्पष्ट भएको भन्दै पुनर्लेखन गर्न माग गरेको केन्द्रीय सदस्य धनराज गुरुङले जानकारी दिए ।

संघीयता र शासकीय स्वरुपमा काँग्रेसले महासमितिमा पेश गरेको राजनैतिक प्रस्तावमा नेतृत्वले टालटुले कुरा गरेर नहुने भन्दै जनता माझ जाने आधार खोज्न समुह छलफल पछि नेताहरुले यस्तो माग गरेका हुन् ।

साझा पहिचान र सामाथ्र्यका आधारमा संघीयता सहितको नयाँ संबिधान हुनुपर्ने अडान समुह नेताहरुले लिएको गुरुङले बताए ।

बिहिबार राजनैतिक प्रस्ताव पुनर्लेखन गरी पास हुने उहाँले जानकारी दिनुभयो । त्यस्तै गरिबीको रेखामुनी रहेका नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारको ब्यबस्थामा ध्यान दिन आग्रह गरिएको छ ।

हिन्दुराष्ट्र घोषणा गर्न काँग्रेसमा हस्ताक्षर अभियान

सदस्यहरुले हिन्दुराष्ट्र घोषणा गर्नु पर्ने भन्दै हस्ताक्षर अभियानमा जुटेका छन् । काठमाडौकी महासमिति सदस्य कृष्ण अमात्य र स्याङजाका शंकर पाण्डेले हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियानमा जुटेका छन् ।

आफ्ना मुद्दा पार्टीमा कसरी स्थापित गराउन सकिन्छ भन्ने ध्यानमा महासमिति सदस्यहरु अभियनमा लागेका छन् । खासगरी मधेशी, आदिवासी, जनाजातिका सदस्यहरुले यस्तो आवाज उठाएका हुन् ।

महिलाले नाम मात्रै भन्दापनि पार्टीमा प्रतिनित्वि खोजेके बताएका छन् । यता मधेशका कहांर केवट जातीलाई आदिबासी जनजातीमा सुचिकृत गराउन पर्ने माग राखेका छन् ।

केवट, मल्लाह, सहानीलाई आदिलाई आदीबासी जनजातीमा सुचिकृत गर्नका लागि माग गरिएको नवलपरासीका महासमिति सदस्य तथा निसाद, केवट, सहानी मल्लाह महासंघका केन्द्रीय महामन्त्र राजेन्द्र कुमार सहानीले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.