सर्वोच्चमा पाँच अस्थायी न्यायाधीश नियुक्तिको सिफारिस

सर्वोच्चमा पाँच अस्थायी न्यायाधीश नियुक्तिको सिफारिस

  • बिहिबार, चैत्र २९ २०६९

पहिचान/ काठमाडौं, चैत २९ – न्यायापरिषदले सर्वोच्च अदालतमा ५ जना अस्थायी न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ । परिषदको बिहीबारको बैठकले सर्वोच्चबाट म्याद नथपिएर बाहिरिएका ५ जना अस्थायी न्यायाधीशलाई पुनः नियुक्त गर्ने निर्णय गरेको कानुन मन्त्री एवं परिषदका सदस्य हरि न्यौपानेले जानकारी दिए ।

मन्त्री न्यौपानेका अनुसार न्यायाधीशहरु प्रकाश वस्ती, बैद्यनाथ उपाध्याय, ज्ञानेन्द्र बहादुर कार्की, तर्कराज भट्ट र भरतबहादुर कार्कीलाई पुननियुक्ति गर्ने निर्णय भएको हो ।

कायममुकायम प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा सहित पाँचजना न्यायाधीश रेहेको सर्वोच्चमा अब १० जना न्यायाधीश भएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.