आगलागी पीडित दलित परिवारको विचल्ली

आगलागी पीडित दलित परिवारको विचल्ली

  • बिहिबार, चैत्र २९ २०६९

पहिचान/ पर्वत, चैत २९ – पर्वतको पाखापानी खानडाडाँमा रहेको दलित बस्तीमा आगलागीमा परेका दलित परिवारको बिचल्ली भएको छ । आगलागी भएपछि ९ घर परिवारका ५० जना बिस्थापित भएका छन् ।

आगलागीका कारण ९ घरपरिवारको चल सम्पती र घरभित्रका सामान जलेर नष्ट भएपछि बिहान बेलुका हातमुख जोड्न समेत मुस्किल भएको छ । आगलागीका कारण ७५ वर्षिया कौशिला नेपालीको ज्यान गएको छ ।

आगलागीबाट घरमा रहेको अन्न लत्ता कपडा साथै सुन र नगद समेत जलेर नष्ट भएको छ । आगलागिका कारण १ लाख ९० हजार रुपैयाँ नगद समेत जलेर नष्ट भएको पीडित हिराबहादुर नेपालीले बताए । छोराले विदेशबाट पठाएको नगद र अपाङ्ग छोरीले पसलमा सामान बेचेको पैसा झिक्न नसक्दा सबै खरानी भएको नेपालीले बताए ।

आगलागीमा मृत्यु भएकी कौशिला परियारको आश्रयमा बस्ने २ जना नाती नातिना समेतको बिचल्ली भएको छ । आगलागी पीडितलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको दैबि प्रकोप उद्धार समितिले राहत हस्तान्तरण गरेको छ ।

पीडित मध्ये घर जलेकालाई हरेक घरधुरी ५ हजार, मृत्यु भएकाहरुलाई ४० हजार तथा दैनिक उपभोग्य सामान साथै भाँडाकुँडा र लत्ता कपडा वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्वत शाखाले ९ घरपरिवारलाई भाँडाकुँडा, पाल, कपडा वितरण गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.