कान नसुन्नेले पनि ड्राइभिङ लाइसेन्स पाउने रे !

कान नसुन्नेले पनि ड्राइभिङ लाइसेन्स पाउने रे !

  • बिहिबार, चैत्र २९ २०६९

पहिचान/ काठमाडौं, चैत २९ – सर्वोच्च अदालतले कान नसुन्ने (वहिरा) लाई सवारी चालक अनुमति पत्र लाइसेन्स दिन सरकारमा नाममा आदेश दिएको छ ।

सवारी तथा यातायात ऐन २०४९ मा वहिराले सवारी चालक अनुमति लिन नपाउने व्यवस्था विरुद्ध परेको रिटमा सर्वोच्च नीतिगत एवं कानुनी व्यवस्था गरेर चालक अनुमति पत्र दिन आदेश दिएको हो ।

सर्वोच्चको आदेशसँगै अब बहिरा व्यक्तिले पनि सहज रुपमा चालक अनुमति पत्र लिन सक्नेछन् ।

न्यायाधीश कल्याण श्रेष्ठ, गिरिशचन्द्र चालक अनुमति पत्र दिन सरकारका नाममा आदेश दिएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।

सवारी तथा यातायात ऐनमा भएको विभेदकारी व्यवस्था खारेज गरी बहिराले पनि सहजरुपमा अनुमति पत्र पाउनुपर्ने माग गर्दै पूर्व सभासद् राधव वीर जोशी सहितकाले रिट दायर गरेका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.