गणतन्त्र ः एक व्यक्ती एक राज्य, व्यक्ती व्यक्ती राज्य या सबै व्यक्ती एक राज्य …

गणतन्त्र ः एक व्यक्ती एक राज्य, व्यक्ती व्यक्ती राज्य या सबै व्यक्ती एक राज्य …

  • मंगलबार, बैशाख ३ २०७०

पहिचान/ काठमाडौं, बैशाख ३ -मेरो प्रमूख जिल्ला अधिकार चुडामणी शर्मासँग दैनिक जसो उठवस छ । म उहाँलाई नजिकबाट राम्रोसँग चिन्दछु । उहाँ आफूलाई लाग्यो भने कसैको दवाव सुन्नु हुन्न । तर आफूलाई लागेन भने कसैको दवाव पनि मान्नु हुँदैन । शर्मासँग गहिरिएर यो विषयमा कुरा गर्न त पाएको छैन तर शर्माले नविकरण नहुनुमा आफ्नो भन्दा पनि माथीको दवाव छ भन्नु भएको छ । त्यो माथीको दवाव कहाँबाट र कसले दिइरहेको छ मलाई पनि थाहा छैन । काठमाडौंमा भएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक र मिडिया विषयक अन्तरक्रियाको अन्त्यमा यो भनाई सार्वजनिक भएसँगै कार्यक्रमको समापन भयो ।
राज्यको एउटा जिम्मेवार व्यक्ती आफूलाई मन लागेका विषयमा आँखा चिम्लेर हस्ताक्षर गर्न तयार हुने र मन नलागेका विषयमा आत्महत्यानै गर्छ भने पनि मौन बसेर पीडा थपिरहने गर्नुमा शक्तीको प्रयोग हो भन्ठान्छ भने बोल्न नसक्ने व्यक्ती कहिले सम्म अल्पसंख्यक भइरहने ? अन्तरक्रिया कार्यक्रममा व्यक्त ती व्यक्तीको अर्को भनाई यस्तो छ ः तपाईहरुले पत्रकार सम्मेलन गरेर प्रमूख जिल्ला अधिकारीलाई गाली गरेको भएर पनि होला उहाँ (चुडामणी) रिसाउनु भएको छ । चुडामणी शर्मा सरकारले नागरिकलाई दिने सेवाको एउटा प्रतिनिधि पात्र मात्रै हुन सक्नुहुन्छ । समलिङ्गी तेश्रोलिङ्गी समूदायले पाएको जस्तो हैरानी नेपाली नागरिकले हरेक सरकारी निकायमा भोग्दै आएका छन् । के यो देशमा गणतन्त्र हुने खानेका लागि मात्रै हो ? हुँदा खानेका लागि गणतन्त्र कहिले आउँछ ? राज्यको जिम्मेवार निकायमा बसेका व्यक्तीले जवाफ दिनु पर्दैन ?
व्यक्ती पिच्छे फरक फरक कुरा गर्ने काठमाडौंका प्रमूख जिल्ला अधिकारी चुडामणी शर्मालाई कानुन विपरित काम गर्ने माथी कारवाही गर्ने अधिकार छ । प्रशासन कार्यालयको न्याय र अन्याय के हो तत्काल भन्न नसक्नु अर्को अन्याय हो । यो आरोप खेप्नुको अर्थ के हुन सक्छ ? प्रश्न तेर्सिएको छ । अन्तरक्रिया कार्यक्रममा नील हिरा समाजकी अध्यक्ष पिङकी गुरुङ, तेश्रोलिङ्गी मानवअधिकारकर्मी भूमिका श्रेष्ठ र भक्ती शाहले समलिङ्गी तेश्रोलिङ्गी समूदायलाई जीउदै मार्ने प्रयत्न भइरहेको बताउनु भयो । समाजकी अध्यक्ष गुरुङ्गले फरक यौनिकता भएकै कारण पहिचान नपाउनु र पहिचान पाउनु पर्छ भन्नेहरुको बोली बन्द गर्ने काम अपराध भएको बताउनु भयो । घर परिवार, समाज र राज्यबाट हेलामा परेका अल्पसंख्यक समूदायकाबारे केही पत्रकारले गलत प्रचार गरेकोमा गुरुङ्ग, श्रेष्ठ र शाहले दुख जनाउनुभयो ।

संचारमाध्यममा आएका समाचार :

http://ujyaaloonline.com/index.php?pageName=news_details&catId=17&id=19519

http://karobardaily.com/news/2013/04/%E0%A4%A6%E0%A4%B5%E0%A4%BE%E0%A4%B5-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%86%E0%A4%97%E0%A5%8D%E0%A4%B0%E0%A4%B9

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading