मन्त्री श्रेष्ठद्वारा समाचारको खण्डन

मन्त्री श्रेष्ठद्वारा समाचारको खण्डन

  • बुधबार, बैशाख ४ २०७०

काठमाडौं, ४ बैशाख । सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुननिर्माण र  युवा तथा खेलकूद मन्त्री रामकुमार श्रेष्ठले आफ्नो सम्बन्धमा विभिन्न सञ्चार माध्यममा भ्रामक तथा कपोकल्पित समाचार आएको भन्दै ती समाचारको खण्डन गरेका छन् ।
मन्त्री श्रेष्ठकी पत्नि सरस्वती शेयर होल्डर रहेको मकवानपुरको मनकामना क्रसर उद्योग प्रालिलाई सनराइज बैंकले कालो सूचीमा राखेको विषयमा प्रकाशित तथा प्रशारित समाचारको मन्त्री श्रेष्ठले खण्डन गरेका हुन् ।
मन्त्री श्रेष्ठले आफ्नी श्रीमती सरस्वती शेयर होल्डर रहेको मनकामना क्रसर उद्योग प्रालिमा आफ्नो कुनै संलग्नता नरहेको पनि दावी गरेका छन् । यता गोप्य श्रोतका अनुसार श्रेष्ठको संलग्ता सो उद्योगमा रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.