अध्यक्ष प्रचण्ड र चीनिया उपराष्ट्रपति बीच भेट

अध्यक्ष प्रचण्ड र चीनिया उपराष्ट्रपति बीच भेट

  • बुधबार, बैशाख ४ २०७०

काठमाडौं, ४ बैशाख । एक साताको चीन भ्रमणमा रहेका एकीकृत नेकपा(माओवादी)का अध्यक्ष प्रचण्ड र चिनियाा उपराष्ट्रपति ली युनचेव बीच आज छलफल भएको छ । दिआयो यु ताई विदेशी पाहुना स्वागत कक्षमा भएको करिब ४५ मिनेटको भेटमा दुई देश बीचको सम्बन्ध अझ समधुर र विस्तार गर्नेबारे, दुई पार्टी बीचको सम्बन्ध विस्तार बारे र चीनले नेपालको विकासमा सहयोग गर्ने बारे कुराकानी भएको छ । छलफल फलदाई भएको अध्यक्ष प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । साथै उपराष्ट्रपति ली को औपचारिक निमन्त्रणमा सााझ रात्री भोजको आयोजन गरे ।
त्यस्तै बुधबारै अध्यक्ष प्रचण्डले चिनीया विदेश मन्त्री वाङ जीसाग पनि भेटवार्ता गरेका छन् ।  अन्तराष्ट्रिय विभागमा भएको भेट दुई पार्टी बीचको सम्बन्ध तथा दुई देश बीचको सम्बन्ध सुदृढ गर्ने बारे तथा छलफल भएको जानकारी अध्यक्ष प्रचण्डका स्वकीय सचिव खड्काले जानकारी दिए ।
अध्यक्ष प्रचण्डले बुधबारै चिनिया बुद्धिजीवी तथा बिज्ञहरुसाग चिनको समग्र आर्थिक विकासको अनुभवको बारेमा अन्तरक्रिया गरे । अध्यक्ष प्रचण्डले चिनीयाा अनुभवबाट नेपालमा कसरी कृषि तथा आर्थिक विकास सम्भव हुन्छ भन्ने बारे अन्तरक्रिया गरेका थिए ।
आजै अध्यक्ष प्रचण्डले माओत्से तुङको स्मृति स्थलमा गई अवलोकन समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.