अत्याधुनिक हतियार सहित दुईजना पक्राउ

अत्याधुनिक हतियार सहित दुईजना पक्राउ

  • बुधबार, बैशाख ४ २०७०

पहिचान/ काठमाडौं, बैशाख ४ – काठमाडौंको नयाँबसपार्कबाट अत्याधुनिक हतियार सहित दुईजना पक्राउ परेका छन् । प्रहरीले राईफल र रिवल्भरसहित यमबहादुर थापा र उनकी साली एलिसा गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट बरामद भएको हतियारको लाईसेन्स भएपनि नक्कली वा सक्कली भन्ने विषयमा अनुसन्धान भईरहेको छ ।

अनलाइन खबरका अनुसार मंगलबार राति मित्रनगरबाट लपक्राउ परेका यमबहादुर थापा गोरखाका स्थायी बासिन्दा हुन् । उनको फ्ल्याटबाट प्रहरीले जीएसजी ५ क्यालिभर २२ एलआरएच भी लेखिएको जर्मन राइफल १ थान, त्यसको ५३ राउण्ड गोली, ब २ म्यागाजिन बरामद गरेको छ ।

डेनिसा गुरुङ पनि सोही घरमा बस्थिन् । उनको कोठाबाट जर्मन रिभल्भर १ थान र २ राउण्ड गोली बराबद भएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.