गुण्डागर्दीका अभियुक्त ‘स्याल’ छोड्न काँग्रेसको बन्द

गुण्डागर्दीका अभियुक्त ‘स्याल’ छोड्न काँग्रेसको बन्द

  • बुधबार, बैशाख ४ २०७०

काभ्रे, बैशाख ४ – पक्राउ परेका नेतालाई छोड्नुपर्ने माग गर्दै नेपाल तरुण दल काभ्रेले जिल्ला सदरमुकाम धुलिखेल बन्द गराएको छ ।

तरुण दलका नेता स्याल भनिने संजिव लामालाई विनाकारण प्रहरीले पक्राउ गरेको भन्दै तरुण दलले दिउँसो ३ देखि ५ बजेसम्म सदरमुकाम बन्द गरेको हो । लामा माथि म्यानपावर तोडफोडको अभियोग छ ।

गुण्डागर्दीमा संलग्न भएको अभियोगमा लामालाई प्रहरीले काठमाडौंमा चैत २४ गते फक्राउ गरेको हो ।

इकान्तिपुरका अनुसार स्याल भनिने लामा जेलबाट निस्किएलगत्तै गुण्डागर्दीमा संलग्न लामा भएपछि पक्राउ परेका हुन् ।

बिपी स्मृति दिवसका अवसरमा काँग्रेसले २०६९ साउन ७ गते बनेपामा गरेको कार्यक्रममा सुशील कोइरालाले उनलाई पार्टी सदस्यता प्रदान गरेका थिए ।

पक्राउ परेका लामा काभ्रे छत्रेबाँझ गाविस वडा नं ५ का स्थायी बासिन्दा हुन् ।

लामाका बाबु अर्जुन लामालाई युद्धकालमा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले अपहरणपछि हत्या गरेका थिए ।

वाल्यकालदेखि नै चतुर रहेकाले लामालाई साथीभाईले सानैदेखि स्याल भनेर बोलाउन थालेपछि उनी पढ्ने श्रीकृष्ण उच्च माविका विद्यार्थीले पनि स्याल भन्ने गर्थे ।

त्यसपछि उनको यही नाम नै चारैतिर चर्चित भएको थियो । उनी काँग्रेसमा प्रवेश गर्नुअघि पूर्वराजा ज्ञानेन्द्र शाहका साला इच्छाबहादुर राणाले संचालन गरेको पार्टीका कार्यकर्ता थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.