के के गर्‍यो मन्त्रिपरिषद बैठकले ?

के के गर्‍यो मन्त्रिपरिषद बैठकले ?

  • बिहिबार, बैशाख ५ २०७०

पहिचान/ काठमाडौं, बैशाख ५ – सरकारले नागरिकता प्रमाणपत्र वितरण टोलीको कार्य संचालन निर्देशिका पारित गरेको छ । मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले नागरिकता टोली खटाउन आवश्यक निर्देशिका पारित गरेको हो ।

निर्देशिका बैशाख ८ गतेदेखि नै लागु हुने सरकारका प्रवक्ता एवं सूचना तथा संचामन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए । गृहमन्त्रालयले यसअघि नै नागरिकता वितरणका लागि गाँउगाँउमा टोली खटाउने निर्णय गरिसकेको छ ।

मन्त्री पौडेलले निर्देशिका कार्यान्वयनसँगै नागरिकता वितरण टोली खटाउने बताए ।

बैठकले माओवादी पूर्व लडाकुको समायोजनका कतिपय काम बाँकी रहेको भन्दै बालानन्द शर्मालाई सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै बैठकले तनहुँ जलविद्युत आयोजनाका लागि एसियाली विकास बैंक एडीबीसँग १३ अर्ब रुपैयाँ बाराबरको ऋण सम्झौतामा हस्ताक्षर सहयोग लिन अर्थ मन्त्रालयलाई अनुमति दिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल ट्रष्टको सम्पत्ति संरक्षणका लागि तीन करोड २५ लाख रुपैयाँ छुट्याउने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदले द्वन्द्व प्रभावित व्यक्ति, परिवारको संरचना लागत सम्बन्धी कार्यदलको म्याद २०७० असार मसान्तसम्म थपेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.