ठाकुरलाई मोर्चाको नेतृत्व गर्न गुप्ताको आग्रह

ठाकुरलाई मोर्चाको नेतृत्व गर्न गुप्ताको आग्रह

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख ।
पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले राज्यबाट उपेक्षित मधेस र मधेसीको हक अधिकारका लागि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा बृहत् मधेसी मोर्चा गठन गर्नु पर्ने बिचार ब्यक्त गरेका छन् ।
तराई मधेस राष्ट्रिय अभियान कार्यक्रम अन्तर्गत बिहिवार विराटनगरमा आयोजित कार्यक्रममा गुप्ताले अहिलेको संयुक्त मधेसी मोर्चा सत्ता प्राप्तिका लागि मात्र गठन भएको भन्दै त्यसको अव कुनै औचित्य नरहेको बताए ।
अहिलेको मधेसी मोर्चामा भागबन्डा खोज्ने, एक अर्कामाथि आरोप लगाउने जस्ता कार्य भएकाले नयाँ मोर्चा आवश्यक रहेको उनको जीकिर छ ।
गुप्ताले अब हुने निर्वाचन क्षेत्रको निर्धारण वैज्ञानिक एवम् राष्ट्रिय एकतालाई बलियो बनाउने किसिमले हुनुपर्नेमा जोड दिए । जेलबाटै आफ्नो पार्टी अपहरण भएको बताएका उनले आफू तत्काल कुनै राजनीतिक पार्टीमा नजाने स्पष्ट पारेका छन् । उनि जेलमा रहेका बेला फोरम गणतान्त्रिकका कार्यबहाक अध्यक्ष राजकिशोर यादबले बोलाएको महाधिबेशनले उनलाई अध्यक्ष चुनेको थियो । यादबको उक्त कदमलाई गुप्ताले पार्टी अपहरणको सज्ञा दिदै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.