मंसिरमा निर्वाचन असंभव : प्रभाकर

मंसिरमा निर्वाचन असंभव : प्रभाकर

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख ।

एकीकृत नेकपा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरले मौसमका कारण मंसिरमा निर्वाचन गर्न नसक्ने बताएका छन् । दाङमा बिहिबार भएको कार्यक्रममा उनले मंसिरमा हिमाली जिल्लामा हिउँ पर्ने र कठाङग्रिने चिसोका कारण बसाइसराई हुने भएकाले निर्वाचन सम्भव भएको बताए ।

कात्तिकमा निर्वाचन हुने सम्भावना थोरै मात्र रहेको उनको भनाई छ । मंसिरमा पनि निर्वाचन नभए मुलुकमा संविधानसभाको निर्वाचन नै नहुने उनले दावी गरे । प्रभाकरले निर्वाचन भएको अवस्थामा नेकपा–माओबादीसँग चुनावी तालमेल हुन सक्ने बताएका छन् । यता केहि समय अघि राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले एकीकृत माओवादीसंग चुनावी तालमेलको संभावना नरहेको बताएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.