पुरिएर दुई जनाको मृत्यु

पुरिएर दुई जनाको मृत्यु

  • बिहिबार, बैशाख ५ २०७०

काठमाडौ, ५ बैशाख ।
चितवनमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुरस्थित बाह्रघरेमा नहरको माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरिएर नहर खन्दै गर्दा २० वर्षीय जोना घिमिरे र १८ वर्षीय नुहरमिया अन्सारीको ज्यान गएको हो ।
दस फिट माटोको ढिस्को खसेर पुर्दा उनिहरुको ज्यान गएको हो । बुधबार अपरान्ह घटना भए लगत्तै प्रहरीको टोलीले ढिस्को खनेर उनीहरुलाई निकालेको थियो । उनीहरको उपचारका क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.