एमालेसंग चुनावी तामेल हुने पौडेलको भनाई

एमालेसंग चुनावी तामेल हुने पौडेलको भनाई

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमालेसंग चुनावी तालमेल हुने बताएका छन् । गृह जिल्ला तनुह पुगेका पौडेलले लोकतान्त्रिक शक्तिहरु बिच निर्वाचनमा तालमेल हुने बताएका हुन् ।
लोकतान्त्रिक शक्तिहरु बिच कार्यगत एकताको विकल्प नभएको भन्दै पौडेलले एकीकृत नेकपा माओवादी लगायतका दलहरुले अझै पनि निर्वाचन नचाहेको आरोप लगाए ।
नेकपा–माओवादी, मधेशी जनअधिकार फोरम नेपाल लगायतका दलहरुलाई पनि निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भइरहेको भन्दै उपसभापति पौडलले सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.