निर्वाचन कार्तिक २७ वा २८ गते : शर्मा

निर्वाचन कार्तिक २७ वा २८ गते : शर्मा

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य जनार्दन शर्माले संविधानसभाको निर्वाचन आगामी कार्तिक २७ वा २८ गते गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
संविधानसभाको अर्को निर्वाचन आउँदो कात्तिक २७ या २८ गर्ने भन्नेमा सरकार र दलहरुविच छलफल भइरहेको भन्दै शर्माले उक्त दुई मध्य एक दिनमा सहमति हुने बताए ।
रुकुमको नुवाकोटडाँडामा शुक्रबार बिहान स्थानीयसँगको अन्तरक्रियामा उनले जारी राजनीतिक संकट समाधानका लागि संविधानसभा निर्वाचनको विकल्प नभएको जीकिर गरे ।
संविधान निर्माण नभएकै कारण राजनीतिक सङकट गहिरिँदै गएको बताएका शर्माले सङकट समाधान र विकास निर्माणलाई एकैसाथ तीब्र पार्न संविधान बनाउनुको विकल्प नरहेको बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.