“मङसिरमा पनि निर्वाचन हुनेमा आशंका”

“मङसिरमा पनि निर्वाचन हुनेमा आशंका”

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । नकेपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले मङसिरमा पनि निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।
प्रेस चौतारी काठमाडौंले शुक्रबार राधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले केहि दल निर्वाचनको विरोधमा रहेकाले मङसिरमा पनि निर्वाचन हुनेमा आंशका उब्जिएको नेता नेपालको भनाई छ ।
नेकपा–माओवादी र मधेशी जनअधिकार फोरम नेपाल लगायतका दललाई पनि उच्च स्तरिय राजनीतिक समितिमा समाबेश गराउनु पर्नेमा उनको जोड छ । एकीकृत नेकपा माओवादी माओवादी र मधेशी दलको मधेशमा राम्रो अवस्था नरहेकाले उनीहरुले पनि निर्वाचन नचाहेको नेता नेपालको जिकिर छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.