तीन महिना अघि मिति घोषणा : देउवा

तीन महिना अघि मिति घोषणा : देउवा

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचन हुनु भन्दा तीन महिना अघिमात्र मिति घोषणा हुने बताएका छन् । धरै अघि मिति घोषणा भए निर्वाचन तयारीका लागि कतिपय काममा अबरोध हुने भन्दै उनले धेरै समय अघि मिति घोषणा गर्न नहुने बताए ।
सर्लाहीको लालबन्दिमा शुक्रबार भएको कार्यक्रममा नेता देउवाले निर्वाचनमा बाधा पुग्ने भएकाले निर्वाचन हुने सुनिश्चित भएपछि मात्र मिति घोषणा गर्ने पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट पारेका हुन् ।
कांग्रेस मधेशको पार्टी रहेको भन्दै कांग्रेस बरिष्ठ नेता देउवाले अबको निर्वाचनमा आफ्नो पार्टी सबै भन्दा ठूलो पार्टी बन्ने दावी समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.