चीनको चासो

चीनको चासो

  • शुक्रबार, बैशाख ६ २०७०

काठमाडौं, ६ बैशाख । नेपालको पछिल्लो राजनीतिक अवस्थाप्रति चीनले चासो व्यक्त गरेको छ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले शुक्रबार बिहान भेटेर समसामयिक राजनीतिक अवस्थाका विषयमा चासो राखेका छन् ।
कोइराला निवास महाराजगंजमा भएको भेटवार्तामा उनीहरु बिच नेपालको राजनीतिक अवस्था, संविधानसभाको निर्वाचन लगायतका विषयमा कुराकानी भएको कोइरालाको नीजि सचिवालयले जनाएको छ ।
राजदूत चुन्ताईले स्वतन्त्र तिब्बत अभियान र तिब्बतको सुरक्षामा नेपालको भूमिका विषयमा समेत चासो व्यक्त गरेका थिए । जवाफमा कोइरालाले नेपाल एक चीन नीतिका पक्षमा रहेको स्पष्ट पारेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.