रेग्मीलाई राजीनामा दिन थापाको आग्रह

रेग्मीलाई राजीनामा दिन थापाको आग्रह

  • शुक्रबार, बैशाख ६ २०७०

कारोबार संवाददाता–काठमाडौं, ६ बैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अन्तरिम मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने बताएका छन् ।
संविधानसभाको निर्वाचन गराउने भए रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्ने उनको भनाई छ । रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए असन्तुष्ट दलहरुको समस्या केही हदसम्म समाधान हुने नेता थापाको भनाई छ ।
सहिद शाकेतचन्द्र मिश्रको ५७ औं जन्मजन्तीको अवसरमा शुक्रवार राजविराजमा आयोजीत “शहिदको बलिदानी एवं वर्तमान राजनीतिक अवस्था” विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले रेग्मीको राजीनामा माग गरेका हुन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.