निर्वाचनमा तालमेल हुन्छ : कोइराला

निर्वाचनमा तालमेल हुन्छ : कोइराला

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं,७ बैशाख । नेपाली कांग्रेसका सभापती सुशील कोईरालाले नेकपा एमालेसँग निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन् । प्रेस युनियन झापाले शनिबार बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा कोईरालाले निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले एमाले र एमाओवादीसंग चुनावी तालमेल हुन नसक्ने बताएकै दिन कोइरालाको यस्तो भनाई सार्वजनिक भएको हो । उनले लोकतान्त्रिक संविधान बनाउन लोकतन्त्रमा आस्था राख्ने शक्तिहरुसंग सहकार्य गर्ने बताएका हुन् ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावका कारण निर्वाचन गर्नैपर्ने बाध्यता रहेकाले मंसिर भित्रै निर्वाचन हुने कोईरालाको भनाई छ । यता पार्टी उपसभापति रामचन्द्र पौडेलले भन चुनावी तालमेल गरेर जानुपर्ने बताउदै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.