“भट्टराईको अभिब्यक्तिबारे बोल्दिन”

“भट्टराईको अभिब्यक्तिबारे बोल्दिन”

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं,७ बैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले डा. बाबुराम भट्टराईले राष्ट्रति डा रामबरण यादबले कु गर्न खोजेको भनि दिएको टिप्णीबारे केहि नबोल्ने बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा शनिवार आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा सापकोटाले उपाध्यक्ष डा भट्टराईले स्वयम त्यसबारे बोलि सकेको भन्दै त्यसबारे कुनै टिप्प्णी नगर्ने उनले बताए । स्वय ब्यक्तिले बोलेपछि त्यसमा खण्डन गर्नु पार्टी नीति विपरित हुने भन्दै उनी पन्छिएका थिए ।
प्रवक्ता सापकोटाले कांग्रेस एमालेले राष्ट्रपतिलाई उक्साएर बाबुराम नेतृत्वको सरकार ढाल्न खोजेको दाबी भने गरे । अर्को प्रसंगमा सरकारका केही मन्त्रीहरु आफूनिकट दलको उक्साहटमा लागेको आरोप लगाए । उनले दलका नेताहरुको उक्साहटकै कारण सरकारले असारको निर्वाचन पछि सारेको दावी गरे ।
रेग्मी सरकारकै कारण असारमा निर्वाचन हुन नसकेको बताउँदै सापकोटाले मंसिरको पहिलो साता निर्वाचन गर्ने गरी तत्काल निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.