साना दललाई निर्वाचनमा ल्याउन पहल गर्ने निर्णय

साना दललाई निर्वाचनमा ल्याउन पहल गर्ने निर्णय

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं,७ बैशाख । राष्ट्रपति र मन्त्रीपरिषदले साना ३३ दललाई चुनावी प्रक्रियामा सहभागी गराउने पहल थाल्ने भएका छन् । राष्ट्रपति डा रामबरण यादव र चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीबिच शनिबार बिहान भएको भेटमा सरकारको बिरोध गरिरहेका दलहरुलाई निर्वाचनमा सहभागी गराउन पहल गर्ने सहमती भएको हो ।
राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको एक घण्टा लामो भेट दुबै निकायले सक्रिय भएर निर्वाचनको वातावरण बनाउने बिषयमा केन्द्रित रहेको थियो । भेटमा रेग्मीले अहिलेसम्म सरकारले निर्वाचनको तयारीका लागि गरेका कामहरु बारे राष्ट्रपतिलाई जानकारी गराएका थिए ।
राष्ट्रपतिले पनि आफ्नो तर्फबाट समेत असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने प्रयत्न गरिरहेको रेग्मीलाई जानकारी गराउँदै यसलाई निरन्तरतता दिने बताएका अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिएका छन् ।
अन्तरिम चुनावी मन्त्रिपरिषदले गरेका काम कारवाहीप्रति राष्ट्रपतिले सन्तुष्टि व्यक्त गर्दै तत्काल आवश्यक तयारी पूरा गरेर निर्वाचनको मिति घोषणा गर्न रेग्मीलाई आग्रह गरेका गौतले बताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.