३३ दलद्वारा आन्दोलन घोषणा

३३ दलद्वारा आन्दोलन घोषणा

780
SHARES

काठमाडौं, ७ बैशाख (पहिचान) – सरकारको विरोध गर्दै आएका नेकपा–माओवादी सहितका साना ३३ दलले सरकार विरुद्ध सशक्त आन्दोलनको घोषणा गरेका छन् । शनिबार बिहान बसेको ३३ दलको संयुक्त बैठकले सरकारले बोलाएको वार्तामा सहभागिताको औचित्य नभएको भन्दै आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अन्तर्गत आइतबार निर्वाचन आयोगका प्रमुख निलकण्ठ उप्रेतीसँग भेटेर फोटोसहितको मतदाता नामावली सङकलनलाई तत्कालका लागि स्थगनको आग्रह गर्दै ज्ञापनपत्र बुझाउने, १४ गते सरकारले ल्याउन लागेको बाधा अड्काउ फुकाउ ऐन र निर्देशिकाका विषयमा काठमाण्डौंमा नागरिक समाज र बुद्धिजीवीहरुसँग परामर्श लिन गोष्ठीको आयोजना गर्ने निर्णय गरेको बैठकमा सहभागी किशोर विश्वासले जानकारी दिए ।

बैठकले वैशाख १६ गते विराटनगरमा रहेको भारत सरकारको क्याम्प कार्यालय हटाउनुपर्ने मागसहित भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउने, वर्तमान रेग्मी सरकारको खारेजी, अध्यादेशको विरोधमा मेचीदेखि महाकालीबाट दुई टोलीले मार्च पास गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले वैशाख ८ गतेबाट नामावली सङकलन गर्ने तयारी गरेको छ । पटक पटक सरकारको ध्यानाकर्षण गराए पनि आफ्ना माग सम्बोधन गर्न कुनै उसले चासो नदेखाएको भन्दै साना दलहरुले आन्दोलनमा जानुको विकल्प नरहेको बैठकले ठहर गरेको छ ।

बैठकले चार दलिय सिण्डिकेटको अन्त्य हुनु पर्ने भन्दै उच्च स्तरीय राजनीतिक संयन्त्र खारेज गर्न माग दोहोर्‍याएको छ ।

समाचार शेयर गर्नुहोस्
780
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.