भट्टराईको आरोपको सीतल निवासद्वारा खण्डन

भट्टराईको आरोपको सीतल निवासद्वारा खण्डन

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं, ७ बैशाख (पहिचान) – पूर्वप्रधानमन्त्री एवम् एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति डा. रामवरण यादवले चारपटक राजनीतिक ‘कू’ को प्रयास गरेको भन्ने आरोपको राष्ट्रपति कार्यालयले खण्डन गरेको छ ।

राष्ट्रपतिको कार्यालय सीतल निवासले देशमा कार्यकारी प्रधानमन्त्रीय प्रणाली भएकाले आफ्नो कार्यकालमा भएका सबै घटनाको जिम्मेवारी सरकार प्रमुखको हुने भन्दै उक्त आरोप टिप्पणी गर्नलायक समेत नभएको प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति यादवका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भट्टराईको आरोप टिप्पणी गर्नलायकको विषय नै नरहेको बताएका छन् । यता डा. भट्टराईको अभिव्यक्तिलाई एमाले अध्यक्ष झलनाथ खनालले भने चुनाव भाँड्ने नियतबाट अभिप्रेरित रहेको टिप्पणी गरेका छन् । राष्ट्रपतिबाट चार पटक कू को प्रयास भएको भन्ने भट्टराईको भनाइप्रति आपत्ति जनाउँदै खनालले आरोपलाई गलत भन्दै राष्ट्रपतिले ‘कू’ गर्न नखोजेको बताएका छन् ।

भट्टराईले शुक्रबार आफ्नै निबास सानेपामा पत्रकारहरुसंग कुरा गर्दै राष्ट्रपति यादवले चारपल्ट ‘कू’ को प्रयास गरेको आरोप लगाएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.