‘कू’ को प्रयास भएको थिएन: गच्छदार

‘कू’ को प्रयास भएको थिएन: गच्छदार

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं, ७ बैशाख (पहिचान) – मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक ‘कू’ को प्रयास नगरेको दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपतिबाट ‘कू’ को प्रयास गरेको भनेक एक दिन पनि बित्न नपाउदै सोहि मन्त्री मण्डलका उपप्रधान तथा गृहमन्त्री समेत रहेका गच्छदारको यस्तो भनाई बाहिर आएको हो ।

मधेशी पत्रकार समाज पर्साले शनिबार वीरगंजमा गरेको पत्रकार सम्मेलनमा गच्छदारले डा यादव संविधान अनुसार नै चलेको समेत बताएका छन् ।

राष्ट्रपतिले आफनो मर्यादा र सरकारको निर्णय विपरीत कुनैपनि गतिबिधि नगरेको भन्दै गच्छेदारले डा. भट्टराईको भनाईमा सत्यता नरहेको पनि बताए । एकीकृत माओवादीका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. भट्टराईले शुक्रबार आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपतिले चार पटक सत्ता हत्याउने प्रयास गरे पनि नसकेको बताएका थिए ।

उक्त भनाईको राष्ट्रपतिको कार्यालय सीतल निवासले पनि खण्डन गरिसकेको छ भने एमाले अभ्यक्ष झलनाथ खनालले पनि डा भट्टराईको भनाईमा कुनै सत्यता नरहेको बताएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.