चितवनमा वर्ड फ्लु

चितवनमा वर्ड फ्लु

  • शनिबार, बैशाख ७ २०७०

काठमाडौं, ७ बैशाख (पहिचान) – चितवनमा फेरि वर्ड फ्लु भेटिएपछि कुखुरा ब्यबसायी चिन्तित बनेका छन् । भरतपुर–९ बसन्त चोकमा लक्ष्मी राना र मंगलपुर–७ स्थित राजेन्द्र हमालको फर्ममा वर्ड फ्लु भेटिए पनि स्थनीय ब्यबसायीमा चिन्ता छाएको छ ।

वर्ड फ्लु भएको पुष्टि भएपछि शुक्रबार राती र शनिबार बिहान पंक्षीरोग निदान महाशाखा, तथा एभिएन एन्फुएन्जा नियन्त्रण प्रयोगशालाको टोलीले कुखुरा नष्ट गरेको छ ।

वर्ड फ्लु भेटिएपछि दाहालको ३ हजार लेयर्स कुखुरा, २ सय ६० किलोग्राम दाना र २ सय ४० वटा अण्डा नष्ट गरिएको छ । यसैगरी रानाको फर्ममा रहेका ११ हजार २ सय ९९ कुखुरा नष्ट गरिएको छ । चैतमा पनि भरतपुरको शरदपुरमा वर्ड फ्लु भेटिएको थियो भने केहि समय अघि झापाका बिभिन्न भागमा पनि वर्ड फ्लु भेटिएको थियो ।

यसरी बेला बेलामा वर्ड फ्लु देखिने गरेपनि कुखुरा पालक ब्यबसायी भने मारमा पर्ने गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.