भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ती खारेज हुने

भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ती खारेज हुने

  • आइतबार, बैशाख ८ २०७०

काठमाडौ बैशाख ८ (पहिचान) – उच्चस्तरिय राजनीतिक समितिमा डाक्टर बाबुराम भट्टराई सरकारले नियुक्त गरेका राजनीतिक नियुक्त खारेज गर्ने सहमति भएको छ । समितिको बैठकमा भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ती तथा सरुवा वढुवा खारेज गर्ने सहमति भएको हो । काँग्रेस सभापति सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकमा स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न राजनीतिक नियुक्ती तथा सरुवा बढुवा खारेज गर्ने सहमति भएको काँग्रेस नेता डाक्टर रामशरण महतले जानकारी दिए ।

समितिले नागरिकता र मतदाता नामावली संकलनको कामलाई तिव्रता दिने निर्णय पनि गरेको छ । बैठकले सरकार र निर्वाचन आयोगलाई यसका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय निकायसम्मै संयन्त्र बनाएर सरकार र आयोगलाई सघाउने निर्णय गरेको महतले जानकारी दिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.