पत्रकारका आक्रमणकारीलाई कैद सजाय

पत्रकारका आक्रमणकारीलाई कैद सजाय

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गर्ने दुई जनालाई अदालतले कैद सजायको फैसला गरेको छ ।
ज्यानमार्ने उद्योग गरेको अभियोगमा मंगलबार अपरान्ह जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश चण्डीप्रसाद ढकालको इजलासले अभियुक्तहरु मनोजसिँह राईलाई पाँच वर्ष र सर्वोच्चबाट सादा तारेखमा छाडिएका रोहित कोइरालालाई छ महिना कैद सजाय गरेको हो ।
गतवर्ष जेठ २२ गते पत्रकार ढकाललाई अपहरण गरी ज्यान मार्ने प्रयाश गरेको अभियोगमा राई र कोइरालालाई उक्त सजाय सुनाइएको हो । विराटनगरका अदालतले घटनाको योजनाकार भनिएका पर्शुराम बस्नेतलाई भने सफाई दिएको छ ।
पत्रकार ढकाललाई समाचार लेखेको विषयमा झुक्याएर अपहरण गरी साङघातिक आक्रमण गरिएको थियो । घटनामा मुख्य योजनाकार पर्शुराम बस्नेत, संलग्न रोहित कोइराला र मनोजसिँह राईलाई विपक्षी बनाई पत्रकार महासङघ मोरङले प्रहरीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको थियो ।
सो जाहेरीपछि प्रहरीले घटनाको अनुसन्धान गरी मोरङ जिल्ला अदालतमा मुद्धा दर्ता गराएको थियो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.