मुसर्रफलाई भुट्टोको हत्याको अरोप

मुसर्रफलाई भुट्टोको हत्याको अरोप

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । पाकिस्तानी पूर्व सैनिक शासक परवेज मुसर्रफलाई पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको हत्यामा संलग्न भएको अरोप लगाइएको छ ।
सोही अरोपमा मङगलबार उनलाई अदालतमा उपस्थित गराइएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइए अनुसार उनलाई मङगलबार पाकिस्तानको रावलपिण्डीमा रहेको आतङकवादी विरोधी अदालतमा उपस्थित गराइएको हो ।
उनलाई गतहप्तादेखि आफ्नै घरमा नजरबन्दमा राखिएको छ । प्रहरी नियन्त्रणमा नै रहेका उनलाई मङगलबार सो अदालतमा उपसिस्थत गराइएको हो । पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा आम निर्वाचनको प्रचारमा लागिरहेका बेला हत्या भएको थियो ।
सो हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.