एक महिनामा ४१ बलात्कारका घटना

एक महिनामा ४१ बलात्कारका घटना

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । गत चैत महिनामा मात्रै नेपालमा ४१ वटा बलात्कारका घटना भएका महिला पुन:स्थापना केन्द्र (ओरेक)ले जनाएको छ । सार्वजनिक जानकारीमा आएका त्यस्ता मुद्धाका अभिलेखका आधारमा गत २०६९ को चैत महिनामा ४१ वटा बलात्कारका घटना देखिएका (ओरेक) को भनाई छ ।
महिला पुन:स्थापना केन्द्र (ओरेक) मा परेका उजुरी र पत्रपत्रिकामा आएका समाचारका आधारमा अध्ययन गर्दा ती घटनाको निष्पक्ष अनुसन्धान, अपराधीलाई तुरुन्त सजाय र पीडितलाई न्याय दिने वातावरण तयार हुन नसकेको (ओरेक) को गुनासो छ ।
ओरेकका प्रमुख कार्यकारी अधिकृत नम्रता शर्माले महिला हिंसाविरुद्ध शून्य सहनशीलता’ भन्ने नाराका साथ लैङगिक हिंसा न्यूनीकरणका लागि सरकारले राष्ट्रिय कार्ययोजना, मापदण्ड ल्याउनुका साथै महिला हिंसाका घटनालाई २४ घण्टाभित्र सम्बोधन गर्नका लागि संयन्त्रको विकास गर्ने प्रतिबद्धता गरिसकेको अवस्थामा यस्ता घटना बढ्नु दु:खद् भएको बताइन् ।
बलात्कारका साथै महिलालाई जलाएर मार्ने, बोक्सीको आरोप लगाई कुटपिट तथा मानव मलमुत्र खुवाउने जस्ता अमानवीय घटना बढ्दै आएका उनको भनाई छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.