मलेसियामा आठ नेपाली अलपत्र

मलेसियामा आठ नेपाली अलपत्र

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । करिब एक बर्षअघि वैदेशिक रोजगारीमा मलेसिया पुगेका सप्तरीका आठ जना युवकलाई स्थानिय कम्पनिले निकालिदिएपछि उनीहरु बिच्चलीमा परेका छन् ।
सम्झौता अनुसारको पारिश्रमिक दिनुपर्ने माग गरेपछि कम्पनिले राहदानी जफत गरि कामबाट निकालिदिएपछि उनीहरु बिच्चलीमा परेका हुन् । बिच्चलीमा पर्नेहरुमा सप्तरीको राजविराज नगरपालिका–१० निवासी शिबशंकर प्रसाद शर्मा, सोही ठाउँका भरत नारायण यादव, राजेश चन्द्र यादव, जयनारायण साह, राजविराज नगरपालिका–९ निवासी रञ्जित कुमार यादव, राजविराज नगरपालिका–८ निवासी प्रमोद कुमार साह, सप्तरीको बेल्ही चपेना गाविसका गुलनारायण मुखियाँ र खडकपुर अमरैयणका जितेन्द्र साहु छन् ।
काठमाण्डौको शुभाष हुमयान रिसोर्सेस प्रालिका स्थानिय एजेण्ट सप्तरीको बेल्ही चपेना गाविस निवासी परशुराम यादव मार्फत मलेशियाको ‘‘ताई सन लिम कि फुड्स इण्डस्ट्रिजमा गएका उनीहरुलाई अचानक मंगलबार बिहान कम्पनिले निष्काशन गरेपछि उनीहरु बिच्चली परेका छन् ।
बिच्चलीमा परेकाहरुको उद्धार गरी न्याय दिलाई दिन पिडीत युवकहरुका परिवारजनले स्थानिय प्रशासन र सरकारसँग आग्रह गरेका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.