इराकमा झडप, २६ को मृत्यु

इराकमा झडप, २६ को मृत्यु

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । इराकमा सुन्नी समुदाय र प्रहरीबीच झडप हुँदा २६ जनाको मृत्यु भएको छ । उत्तरी किर्कुक शहर नजिकेको हाविजा क्याम्पमा सुन्नी समुदाय र प्रहरीबीच झडप हुँदा २६ जनाको मृत्यु भएको छ । क्याम्पभित्र सरकार विरोधी प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले हस्तक्षेप गर्दा सो हताहती भएको बताइएको छ ।
इराकको रक्षा मन्त्रालयले भने क्याम्पमा हतियारधारी समूहले आक्रमण गरेपछि गरिएको प्रत्याक्रमणमा सो हताहती भएको जनाएको छ । सुन्नी नेताहरुले प्रधानमन्त्री नुरी मल्लिकीको सरकारले आफूहरुलाई अधिकारबाट बञ्चित बनाउन खोजेको आरोप लगाउदै आएका छन् ।
इराकमा हालै सम्पन्न प्रान्तीय चुनावको परिणाम सार्वजनिक हुनै लाग्दा यो घटना भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इराकमा शिया नेतृत्वको वर्तमान सरकार विरुद्ध सुन्नी समुदायले हप्तौंदेखि प्रदर्शन गर्दै आएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.