इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्युलाई

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्युलाई

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । यसवर्षको इंग्लिस प्रिमियर लिग फुटवल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडले उचालेको छ । जारी लिगको ३४ औं खेलमा सोमबारराति एस्टन भिल्लालाई ३–० ले हराउँदै म्यान्चेस्टर युनाईटेड च्याम्पियन बनेको हो ।
इंग्लिस क्लव फुटवलको इतिहासमा सर्वाधिक सफल टोली म्यान्चेस्टर युनाईटेडका लागि यो उपाधि कीर्तिमानी २० औं लिग उपाधि हो । म्यान्चेस्टरको जीतका लागि रविन भान पर्सीले ह्याट्रिक गरेका थिए । जीतसँगै म्यान्चेस्टर युनाईटेडका प्रशिक्षक सर अलेक्स फर्गुसनले आफ्नो प्रशिक्षणमा क्लवको लागि १३ औं उपाधि जिताएका हुन् ।
लिगमा ३४ खेलबाट ८४ अंक जोडेको म्यान्चेस्टर युनाईटेडले ४ खेल अगाबै उपाधि जितेको हो । लिगमा ३३ खेलबाट ६८ अंक जोडेको साविक विजेता म्यान्चेस्टर सिटी दोश्रो स्थानमा छ भने ३४ खेलबाट ६३ अंक जोडेको आर्सनल तेश्रो स्थानमा छ । चौथो स्थानको चेल्सीले ३३ खेलबाट ६२ अंक जोडेको छ ।
जारी सिजनको इंिग्लश प्रिमियर लिगमा म्यान्चेस्टर युनाईटेडले अब चार खेल खेल्न बाँकी छ । यी चारै खेलमा जीत हात पारेको खण्डमा म्यान्चेस्टर युनाईटेडले अंक तालिकामा ९६ अंक पुर्‍याउनेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.