लोतकतन्त्र धरापमा छ : देउवा

लोतकतन्त्र धरापमा छ : देउवा

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मंसिरमा निर्वाचन नभए लोकतन्त्र संस्थागत हुन नसक्ने चेतावनी दिएका छन् । संक्रमणकाल लम्बिए लोकतन्त्र धरापमा पर्ने उनको चेतावनी छ ।
प्रेस युनियन धनुषा शाखाले मंगलबार जनकपुरमा गरेको कार्यक्रममा नेता देउवाले मंसिरमा निर्वाचन भएर नयाँ संविधान बनाउन सकेमात्र लोकतन्त्र संस्थागत हुने बताए ।
माओवादी सहितका आन्दोलनरत दलहरुलाई वार्तामा आउन आग्रह गरेका देउवाले सबै समस्याको निकासको बाटो निर्वाचन नै भएको जिकिर गरे । निर्वाचनको विकल्प नरहेको बताउदै आन्दोलनका कार्यक्रम त्यागरे निर्वाचन प्रकृयामा सहभागी हुन उनले आन्दोलनतरत दलहरुसंग आग्रह पनि गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.