जग्गा फिर्ताका लागि पहल गरिदिन आग्रह

जग्गा फिर्ताका लागि पहल गरिदिन आग्रह

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । द्वन्द्व पीडित राष्ट्रिय समाजले युद्धकालमा कब्जा जग्गा फिर्ताका लागि पहल गर्न सरकारसंग आग्रह गरेको छ । नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङको अध्यक्षतामा रहेको समाजले मंगलबार चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई भेटेर यस्तो आग्रह गरेको हो ।
मन्त्रीपरिषद् कार्यालय सिंहदरवार पुगेर अध्यक्ष रेग्मीलाई भेपछि नेताहरुले सशस्त्र द्वन्द्वका समयमा माओवादीले कब्जा गरेका घरजग्गा अझै फिर्ता नभएको भन्दै अध्यक्ष रेग्मीको ध्यानाकर्षण गराएको जानकारी दिए । माओवादी शान्तिप्रक्रियामा आएर दुई दुई पटक सरकारको नेतृत्वसम्म गरिसक्दा पनि पीडितको सम्पत्ति फिर्ता हुन सकेको छैन ।
यता बैद्य नेतृत्को नेकपा–माओवादीले समेत फेरी जग्गा कब्जा गर्न थालेपछि यो समस्या सुल्झिने भन्दा पनि झन बल्झिने देखिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.