चुनावी तालमेल हुन सक्छ : कोइराला

चुनावी तालमेल हुन सक्छ : कोइराला

  • मंगलबार, बैशाख १० २०७०

नरेश फुयांल – काठमाडौं, १० बैशाख । नेपाली कांगेसका सभापति सुशील कोइरालाले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले केही अन्य दलसँग तालमेल हुन सक्ने बताएका छन् । निर्वाचनका लागि कसैसँग गठबन्धन नबनाउने बताएका उनले केही क्षेत्रमा भने तालमेल हुनसक्ने बताएका हुन् ।
मंगलबार नेपालगञ्जमा संचारकर्मीसँग कुरा गर्दै सभापति कोइरालाले आगामी निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे । सरकार बिरुद्ध आन्दोलनरत दलहरुसँग वार्ताको प्रयास भइरहेको रहेको भन्दै उनले मंसिरमै निर्वाचन हुने समेत ठोकुवा गरे ।
निर्वाचनको विकल्प नरहेको बताएका कोइरालाले निर्वाचनमा सहभागी हुन सबै दलहरुसंग आग्रह समेत गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.