औलोमुक्त बनाउने योजना सार्वजनिक

औलोमुक्त बनाउने योजना सार्वजनिक

  • बुधबार, बैशाख ११ २०७०

काठमाडौ, ११ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०२६ सम्ममा नेपाललाई औलोमुक्त बनाउने महत्वाकाङ्क्षी योजना सार्वजानिक गरेको छ । औलो निवारणका लागि नि:शुल्क, गुणस्तरीय तथा समानरूपमा सबैको पहुच हुने गरी सेवा पुर्‍याउने नीति मन्त्रालयले लिएको छ ।

विश्व औलो दिवसका अवसरमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा बुधबार सार्वजानिक गरिएको सो नीतिमा औलो रोगीको थप खोजी तथा उपचारलाई उच्च प्राथमिता दिने उल्लेख छ ।

मन्त्रालयको उच्च प्राथमिकता कार्यक्रममध्ये औलो नियन्त्रण रहेको छ । हाल महाशाखाले औलो जोखिम जिल्ला र सोअन्तर्गतका गाउा विकास समिति पहिचान गरी झुल वितरण, औषधि छर्किने (स्प्रे गर्ने) र औलो भएकाहरूका लागि नि:शुल्क उपचारसेवा प्रदान गर्दै आइरहेको छ ।

हाल तराई र पहाडका ६५ जिल्लामा औलोको जोखिम रहेको महाशाखाले जनाएको छ । नेपालमा बर्सेनि ६० हजार शङ्कास्पद औलाका बिरामी देखापर्ने र तीमध्ये तीनहजारमा औलो हुने मन्त्रालयको तथ्याङ्क रहेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.