समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा नागरिकता दिन माग

समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा नागरिकता दिन माग

  • बुधबार, बैशाख ११ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0010727832{main}( ).../index.php:0
20.0011730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09837137424require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09967202968include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं, बैशाख ११ (पहिचान) – नील हिरा समाजले समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा नागरिकता वितरण गर्न सरकारसँग माग गरेको छ । गृहमन्त्रालयको परिपत्रपछि पनि सहज रुपमा नागरिकता पाउन नसकेको गुनासो आएपछि समाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको लैंगिक सशक्तिकरण विभागमा पत्र लेखेर सहज रुपमा नागरिकता पाउनु पर्ने माग गरेको हो ।

समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्तले मन्त्रिपरिषद् कार्यालयमा समलिंगी तेश्रोलिंगीले सहज रुपमा नागरिकता पाउन र फोटो सहितको मतदाता नामावली संकलनमा सहभागी हुन पाउनका लागि परिपत्र जारी गर्न माग गरेको जानकारी दिए ।

‘नागरिकता सहज रुपमा पाउनु पर्‍यो । फोटो सहितको मतदाता नामावली संकलनमा समलिंगी तेश्रोलिंगी छुट्नु भएन’, कार्यकारी निर्देशक पन्तले भन्नुभयो । यसका लागि आवश्यक निर्देशन र परिपत्र जारी गर्न सरकारसँग माग गरे ।

समाजका कार्यकारी निर्देशक पन्तकै पहलमा गृहमन्त्रालयले २०६९ साल पुष १६ गते यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र जारी गरिसकेको छ । गृहमन्त्रालयको परिपत्र पछि पनि देशभरका समलिंगी तेश्रोलिंगीले सहज रुपमा नागरिकता पाउन नसकेको गुनासो आएकाले सरकारसँग आवश्यक निर्देशन र परिपत्र जारी गर्न माग गरेको पन्तले बताए ।

नागरिकता लिन हैरानी

केही समयअघि रेडियो कार्यक्रम पहिचानमा मकवानपुरकी तेश्रोलिंगी अजिता भुजेलले नागरिकता लिन हप्तौ लागेको गुनासो गरेकी थिइन् । नील हिरा समाजले नागरिकता पाउन, मतदाता नामावलीमा नाम लेखाउन र उम्मेदवार बन्न पाउने सुनिश्चितताका लागि सरकारलाई दवाव दिदै आएको छ ।

विद्यालय र क्याम्पसमा पनि उस्तै गाह्रो

समाजले विद्यालय र क्याम्पसमा समलिंगी तेश्रोलिंगीलाई सहज रुपमा भर्ना लिने र पढ्न दिने व्यवस्थाका लागि पनि निर्देशन दिन सरकारसँग माग गरेको छ । समाजका कार्यकारी निर्देशक पन्तले समलिंगी तेश्रोलिंगीलाई विद्यालय र क्याम्पसमा अरु नागरिक सरह अध्ययन गर्ने वातावरण नभएको गुनासो आइरहेकाले अरु नागरिक सरह अध्ययन गर्न पाउने अधिकार सुनिश्चितताका लागि आवश्यक निर्देशन र परिपत्र जारी गर्न माग गरेको जानकारी दिए ।

अस्पतालमा अप्ठेरो

अस्पतालमा पनि लैंगिक अल्पसंख्यकहरुलाई उस्तै हैरानी छ । मन्त्रिपरिषद् कार्यालयमा कार्यकारी निर्देशक पन्तले समलिंगी तेश्रोलिंगीलाई अस्पतालमा उपचार गर्न भइरहेको समस्या समाधान हुने गरी आवश्यक निर्देशन दिन र समलिंगी तेश्रोलिंगीका लागि छुट्टै शौचालय निर्माणका लागि चासो राख्न सरकारसँग माग गरेको जानकारी दिएका छन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading