अदालतको आदेश पर्खँदै नील हीरा, पेशी सोमवारका लागि तोकियो

अदालतको आदेश पर्खँदै नील हीरा, पेशी सोमवारका लागि तोकियो

  • बुधबार, बैशाख ११ २०७०

( ! ) Warning: Attempt to read property "post_excerpt" on null in /var/www/html/wp-content/themes/newpahichan/single.php on line 76
Call Stack
#TimeMemoryFunctionLocation
10.0009727832{main}( ).../index.php:0
20.0010730952require( '/var/www/html/wp-blog-header.php ).../index.php:19
30.09507127176require_once( '/var/www/html/wp-includes/template-loader.php ).../wp-blog-header.php:19
40.09617192720include( '/var/www/html/wp-content/themes/newpahichan/single.php ).../template-loader.php:106

काठमाडौं, बैशाख ११ (पहिचान) – पुनरावेदन अदालत पाटनले नील हीरा समाजले दायर गरेको पुनरावेदन पत्रको पेशी आउँदो सोमबारका लागि तोकेको छ ।

काठमाडौंका प्रमूख जिल्ला अधिकारी चुडामणी शर्माले आफू गृहमन्त्रालयमा सरुवा भएर जाने अघिल्लो दिन नील हिरा समाजको सम्पूर्ण अध्ययन प्रतिवेदन पुनरावेदनमा पठाएपछि सोमवारका लागि पेशी तोकिएको हो ।

पुनरावेदन अदालत पाटनले चार महिनाअघि अध्ययन प्रतिवेदन पठाउन प्रशासन कार्यालयलाई पत्र पठाएको थियो । तर प्रशासनले अटेर गर्दा गर्दा बल्ल गएको आइतवार मात्रै अध्ययन प्रतिवेदन पठाएको हो ।

प्रशासनिक निकायले नै हैरान पारेपछि नील हिरा समाजको नवीकरण लामो समयदेखि रोकिएको थियो । नील हीरा समाजले आफ्ना सदस्यलाई पहिलेका प्रमुख जिल्ला अधिकारी चुडामणी शर्माले होच्याएर सम्वोधन गर्ने गरेको र प्रशासन कार्यालयमा प्रवेशका लागि बन्देज लगाएको बताएको छ ।

अहिले व्यक्ति पिच्छे फरक फरक जवाफ दिने शर्मा सरुवा भएर गृहमन्त्रालयमा पुगेका छन् ।

नील हीरा समाजले लैंगिक अल्पसंख्यक समूदायको अधिकार प्राप्तीको अभियान जारी रहने बताएको छ । प्रशासनीक हैरानीका कारण विगत १० महिनादेखि नील हिरा समाजको नवीकरण रोकिएको छ ।

नवीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राखेका शर्त पूरा गर्दा समेत समाजको नवीकरण हुन सकेको छैन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading