दिल्लीमा पुगेसँगै सल्लाह गर्न शुरु

दिल्लीमा पुगेसँगै सल्लाह गर्न शुरु

759
SHARES

काठमाडौं बैशाख १४ (पहिचान)- भारत भ्रमणका क्रममा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । दाहाललाई नयाँ दिल्लीस्थित इन्दीरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतस्थित नेपाली दुतावासका प्रतिनिधिहरुले स्वागत गरेका छन् ।
आफ्नो भ्रमणको पहिलो दिन शनिबार दाहालले भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँग भेटवार्ता गरेर आफ्नो नयाँ दिल्लीको राजनीतिक भेटवार्ता सुरु गर्ने छन् ।
भाजपा अध्यक्ष सिहले दाहालको सम्मानमा आफ्नै निवासमा रात्री भोजको आयोजना गरेका छन । सोही अवसरमा उनीहरुवीच भेटवार्ता हुने छ ।

भाजपा विदेश विभाग प्रमुख विजय जोलीले भारतीय जनता पार्टी एकीकृत नेकपा माओवादीसँग सम्बन्ध सुधार गर्न ब्यग्र भएको भन्दै भेटवार्ताले दुई पार्टीवीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास ब्यक्त गरेका छन् ।
उनले नेपालको स्थायीत्वमा भारतको पनि हित भएको भन्दै दुई पार्टीका शीर्ष नेताहरुवीच नेपालको राजनीतिक स्थायीत्व, संविधानसभाको निर्वाचन सहित सबै राजनीतिक विषयबस्तुमा कुराकानी हुने जानकारी दिएका छन् ।
यसअघि शनिबार अपरान्ह भारत प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा पत्रकारहरुसंग दाहालले भ्रमण आर्थीक मुद्धामा केन्द्रित रहने भन्दै आफु पार्टी बिशेष भन्दा पनि देशकै प्रतिनिधित्व गरेर जान लागेको बताएका थिए ।

समाचार शेयर गर्नुहोस्
759
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.