देउवालाई भेटेर के भने समलिंगी/ तेश्रोलिंगीले ?

देउवालाई भेटेर के भने समलिंगी/ तेश्रोलिंगीले ?

  • बिहिबार, बैशाख २६ २०७०

विष्णु अधिकारी/ पहिचान । काठमाडौं, बैशाख २६-

मलिंगी तेश्रोलिंगीको मातृ संस्था नील हिरा समाजले संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित गर्न दलहरुसँग आग्रह गरेको छ ।

समाजले विहिवार नेपाली काँग्रेसका वरिष्ट नेता शेरवहादुर देउवालाई भेटेर चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चितताको पहल गर्न आग्रह गरेको हो ।

समाजका कार्यकारी निर्देशक सुनिलवावु पन्त, उपकार्यकारी निर्देशक मनिषा ढकाल, तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठ सहित देउवा निवास पुगेको समाजको टोलीले संविधानसभा चुनाव मार्फत बन्ने संविधानसभामा समलिङ्गी तेश्रोलिंगीको प्रतिनिधित्व, पार्टीको केन्द्रीय समिति लगायतका निकायको नेतृत्व तहमा सहभागिता गराउने पहल गर्न देउवासँग माग गरेको हो । समाजका कार्यकारी निर्देशक पन्तले अवको संविधानसभा चुनावमा समलिंगी तेश्रोलिंगीको प्रतिनिधित्व सुनिश्चित हुनेगरी निर्वाचन ऐनमै व्यवस्था गर्न पहल गरिदिन आग्रह गर्नुभयो ।

समाजकी उपकार्यकारी निर्देशक मनिषा ढकालले राज्यका निकायले गरिरहेको पूर्वाग्रही सोच अन्त्यका लागि पहल गरिदिन आग्रह गर्नुभयो । तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले समलिंगी तेश्रोलिंगीको अधिकारबारे काँग्रेसले सहयोग गर्नुपर्ने बताउनु भयो ।

तेश्रोलिंगी भक्ती शाहले समाजको नविकरणमा प्रशासनले आलटाल गरेकाले न्यायका लागि अदालत पुगेपनि अदालतले फैसला नसुनाउँदा अधिकार प्राप्तीको अभियाननै रोकिन पुगेको बताउनु भयो ।

काँग्रेस वरिष्ठ नेता शेरवहादुर देउवाले समलिंगी तेश्रोलिंगीलाई पार्टीमा उचित स्थान दिन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाउनु भयो ।

देउवाले निर्वाचन ऐनमा समलिंगी तेश्रोलिंगीको व्यवस्था प्रष्ट रुपमा उल्लेख गर्न पनि पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । समलिंगी तेश्रोलिंगीको समस्या समाधानका लागि देउवाले सम्वन्धित निकायलाई झकझक्याउने आश्वासन पनि दिनु भएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.