संविधान सभामा प्रतिनिधित्व गराउन पहल गर्ने प्रतिवद्धता

संविधान सभामा प्रतिनिधित्व गराउन पहल गर्ने प्रतिवद्धता

  • सोमबार, भाद्र ३ २०७०

काठमाण्डौ (पहिचान) भदौ ३- नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधीले संविधान सभामा समलिंगी तेश्रोलिंगी समूदायलाई प्रतिनिधित्व गराउन पहल गर्ने प्रतिवद्धता जनाउनु भएको छ । तेश्रोलिंगी मानवअधिकारकर्मी एवं नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि भूमिका श्रेष्ठ नेतृत्वमानिधी निवासमा गएको प्रतिनिधिमण्डलसँगको भेटमा निधीले संविधान सभामा समलिंगी तेश्रोलिंगी समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

समलिंगी तेश्रोलिंगी पनि नेपाली नागरिक हुन निधीले भन्नुभयो ः हरेक निकायमा प्रतिनिधित्व गराउन म पहल गर्छु । निधीले समलिंगी तेश्रोलिंगी प्राकृतिकनै भएको बताउँदै समाजमा रहेको भ्रम अन्त्य गर्न काँग्रेसले पनि पहल गर्ने बताउनु भयो । तेश्रोलिंगी मानवअधिकारकर्मी एवं नेपाली काँग्रेसकी महाधिबेशन प्रतिनिधि भूमिका श्रेष्ठले संविधान सभा चुनाव मार्फत बन्ने संविधानसभामा समलिंगी तेश्रोलिंगी समूदायको प्रतिनिधित्व हुनुपर्ने बताउनु भयो ।

संविधानमा समलिंगी तेश्रोलिंगी समूदायको अधिकार लेख्नु पर्छ श्रेष्ठले भन्नुभयो ः त्यसका लागि हाम्रो समूदायको प्रतिनिधित्व हुनै पर्छ । श्रेष्ठ नेतृत्वको टोलीले काँग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधीलाई पार्टीको चुनावी घोषणापत्रमा समलिंगी तेश्रोलिंगी समूदायको विषय समेट्न, संविधान सभामा समलिंगी तेश्रोलिंगीको सहभागिता सुनिश्चित गर्न लगायतका माग सहितको ज्ञापनपत्र पनि बुझाएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.