ज्योती थापा कांग्रेसमा प्रवेश

ज्योती थापा कांग्रेसमा प्रवेश

  • शनिबार, भाद्र ८ २०७०

नरेश फुयाल(पहिचान)काठमाडौं ८ भदौ  -पछिल्लो समय सामाजिक सागै राजनीतिक अधिकार समेत खोजीरहेका यौनिक तथा लैगिंक अल्पसंख्यकहरु राजनीतिक रुपमा सक्रिय हुन थालेका छन् । सामाजिक मुद्धालाई राजीतिकरण नगरी अधिकार प्राप्तीको जारी लडाईमा सफल हुन कठिन हुने निष्कर्षमा पुगेका समलिङ्गी तेस्रोलिङ्गीहरुले बिभिन्न राजनीतिक दलको सदस्यता लिन थालेका छन् ।

यसैक्रममा यौनिक तथा लैगिंक अल्पसंख्यकहरुको छाता संस्था नील हीरा समाजको भक्तपुरस्थित शाखा कार्यालय हाम्रो समान पहुाच नामक संस्थाकी जिल्ला परियोजना संयोजक ज्योति थापा शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । उनलाई भक्तपुर क्षेत्र नम्बर २ का कांग्रेस जिल्ला सभापती गणेशमान चक्रधरले फूलमाला सहित खादा ओढाएर पार्टी प्रबेश गराएका हुन् ।

तेस्रोलिङ्गी महिला ज्योतीले आफ्नो समुदायका धेरै ब्यक्ती कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेको जानकारी दिइन् ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.