निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

संविधान सभाको निर्वाचन हुने नहुने अन्योल रहेको बेला तेश्रो लिङ्गीको विश्वासले चुनौति

संविधान सभाको निर्वाचन हुने नहुने अन्योल रहेको बेला तेश्रो लिङ्गीको विश्वासले चुनौति

453
SHARES

वीरगञ्ज (पहिचान) भदौं ९-मंसिर ४ गतेको निर्वाचन सार्नुपर्ने ध्येयका साथ आन्दोलनमा र पछि दलहरुसंग वार्तामा आएको नेकपा माओवादीको सोचलाई चुनौति दिदै मंसिर ४ गतेनै निर्वाचन हुने विश्वासका साथ तेश्रो लिङ्गीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सहयात्री समाज पर्साकी अध्यक्ष सन्ध्या लामाले वीरगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी यसपालीको निर्वाचनमा समाजका ३० जना तेश्रो लिङ्गी निर्वाचन लड्ने जानकारी गराउनुभएको हो।

विगतमा संविधानसभामा तेश्रो लिङ्गीको उपस्थिति नगन्य भएका कारण अधिकार नपाएको बताउँदै उहाँले तेश्रो लिङ्गीहरुको हकअधिकारलाई संविधानमा सुनिश्चित गर्न देशैभरिबाट प्रत्यक्ष र समानुपातिकबाट तेश्रो लिङ्गीले निर्वाचन लड्ने बताउनुभयो।

आउँदो निर्वाचनमा मधेस समता पार्टी नेपालको तर्फबाट पर्सा जिल्लामा तेश्रो लिङ्गी रामदेव चौधरी र आफू स्वयम् नै निर्वाचन लड्ने जानकारी लामाले दिनुभयो। त्यस्तै अन्य स्थानमा विभिन्न पार्टीबाट समुदायका लेश्रो लिङ्गी तथा समलिङ्गीहरुले निर्वाचन लड्ने उहाँले बताउनुभयो। आउँदो संविधानसभाको निर्वाचनमा मुलकभरिबाटै कम्तिमा पाँच सिट जित्ने अध्यक्ष लामाले दाबी गर्नुभयो।

निर्वाचन मंसिरमा हुने नहुने अन्यौल भइरहेको अवस्थामा उम्मेदवारी दिनु भयो भन्ने संचारकर्मीको जिज्ञासामा अध्यक्ष लामाले मंसिर ४ गते नै निर्वाचन हुने आफुहरुको विश्वास रहेको र मिति सारिएपनि चाडै निर्वाचन हुने दावी गर्नुभयो।

संविधान सभाको निर्वाचन हुने नहुने अन्योलमा दलका नेताहरु रहेको बेला तेश्रो लिङ्गीको विश्वासले अन्य दललाई चुनौति थपेको छ।

समाचार शेयर गर्नुहोस्
453
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.