संविधानसभामा यौनिक अल्पसंख्यकलाई प्रतिनिधित्व गराउने पौडेलको आश्वासन

संविधानसभामा यौनिक अल्पसंख्यकलाई प्रतिनिधित्व गराउने पौडेलको आश्वासन

599
SHARES

नरेश फुयांल(पहिचान) काठमाडौं–१८ भदौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनु भएको छ । 
संविधानसभामा  सबै समुदायको प्रतिनिधित्व आवश्यक रहेको भन्दै पौडेलले समलिङ्गि तेस्रोलिङ्गि समुदायको पनि प्रतिनिधित्व हुनु पर्नेमा जोड दिनु भयो ।

मंगलबार आफ्नै निवास बोहोरटार भेट्न आइपुग्नु भएकी तेस्रोलिङ्गि मानव अधिकारकर्मी भूमिका श्रेष्ठंसंग उपसभापति पौडेलले काठमाडौं क्षेत्र नं.९ बाट श्रेष्ठलाई समानुपातिक तर्फबाट संविधानसभा निर्वाचनमा सिफारिस गर्न आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।

पौडेलले नेपाली कांग्रेस महासमिति सदस्य समेत रहेकी श्रेष्ठलाई पार्टीप्रति प्रतिबद्धता जनाएर उम्मेद्वारी सिफारिसका लागि पहल गर्न श्रेष्ठलाई सुझाव दिनु भयो । तेस्रोलिङ्गि मानव अधिकारकर्मी श्रेष्ठलाई काठमाडौं क्षेत्र नं.९ ले उम्मेद्वार सिफारिस नगरे पनि समाबेशी बनाउनका लागि जिल्लाले पनि नाम पठाउन सक्ने पौडेलले जानकारी दिनु भयो ।

कांग्रेस उपसभापति पौडेलले आशन्न मंसिर ४ गते निर्वाचन भए कांग्रेसले बहुमत ल्याउने दाबी गर्नु भयो । चैतका लागि निर्वाचन सारिएको खण्डमा भने बहुमत आउछ या आउदैन अहिले यसै भन्न नसकिने उहाको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
599
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.